शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी ,शैक्षिक गतिविधि ठप्प

काठमाडौं, विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन्। यसअघि मध्यान्हपछिमात्रै प्रदर्शनमा उत्रिएका शिक्षकहरु आइतबार भने बिहानैबाट प्रदर्शनमा सहभागी भएका थिए। उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका…