२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । बैंकका वित्तीय परिसूचकहरू केन्द्रीय बैंकले तोकेको मापदण्ड भन्दा सबल रहेकाले कुनै पनि जटिलता आउने अवस्था नभएको केन्द्रीय बैंकले प्रस्ट पारेको हो । केन्द्रीय बैंकले बिहीबार सूचना जारी गर्दै बैंक सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र…