२५ करोडकाे मालिक को हो केही खुलेन,कुसाङको कनेक्सन पत्ता लगाउन अनुसन्धान जारी

काठमाडौं,नयाँ आइजीपी नियुक्तिको पहिलो रात सोमबार राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरो बरामद भयो। सिन्धुपाल्चोकका एक ट्रक चालकले फल्स बटन बनाएर रसुवा हुँदै चीन लैजान लागिएको सो रकम उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गर्‍यो। यो विषयमा अपराध अनुसन्धान कार्यालयले थप…