टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार

काठमाडौं, त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको १०२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। थाइल्याण्डका लागि नानानपत कोनचारोकेले अर्धशतकीय पारी खेल्दै जितका लागि ठूलो योगदान दिएकी हुन्। उनले ५८ बलमा ६…