काठमाडौं, परराष्ट्रमन्त्री आरजू राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन्। परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको कार्यक्रममा विश्वका करिब २० जना परराष्ट्रमन्त्री सहभागी हुँदै छन्। सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको…