खोटाङ्गमा राजा यलम्बरको शालिक राख्न १०० चिहान भत्काइयाे,कंकाल संकलन गरेर आ’त्मघर निर्माण

खोटाङ, खोटाङमा १४ कराेड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएकाे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाकाे पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विराेध जनाएका छन् । त्यहाँ यलम्बरकाे एक सय फिट अग्लाे शालिक राखिँदैछ । १५-२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आ’त्मघर बनाएर राख्ने भनिए पनि…