संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको खुलासा भएको छ । सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा ५ जनाको संलग्नता रहेको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने…