काठमाडौं , गत जुन महिनामा सीमाक्षेत्रमा भएको झडपपछि भारत र चीनबीच पहिलोपटक सम्झौता भएको छ । रुसको राजधानी सहर मस्कोमा भएको चीन र भारतका विदेशमन्त्रीको भेटमा उक्त सम्झौता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुभ्रमण्यम जयशंकरबीच भएको भेटपछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा सीमा विवादले दुवै मुलुकलाई फाइदा नगर्ने उल्लेख गरिएको छ…