काठमाडौं, नेपाली सेनाको सैनिक कल्याणकारी कोषको रकममा अनियमितता भएको आशंकामा जंगीअड्डाले छानबिन थालेको छ । कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८र७९ र ०७९र८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको हो । सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, प्रारम्भिक जाँचमा केही कैफियत देखिएपछि…