ट्रेडमार्क चोरेको आरोपमा आपराधिक विश्वासघातको मुद्दा खेप्दै

काठमाडौं, नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)को ट्रेडमार्क चोरेर यस्तै प्रकृतिको अर्को संस्था खडा गरी अवैध गतिविधि गरेको आरोपमा ‘इस्कोन प्रभुपाद’ विरुद्ध मुद्दा अदालतसम्म पुगेको छ । २०४७ सालमा नेपालमा दर्ता भएको विश्वव्यापी इस्कोनको नक्कल गर्दै जनमानसमा भ्रम सिर्जना गरेको आरोप प्रभुपादमाथि छ । मोरङस्थित विराटनगर ट्राफिक चोकमा इस्कोन प्रभुपाद संस्था खडा गरेर रकम उठाएको, आफ्नो…