ठेकेदार समुहद्वारा खोसिएको क्यामेरा सुरक्षाकर्मीमार्फत फिर्ता तर एसटीडी कार्ड चलेन ।।

ताप्लेजुङकाे मुक्कुम्लुङमा चलिरहेको आन्दोलनका क्रममा समाचार संकलन गरिरहेका सञ्चारकर्मीहरुमाथि कुटपिटसँगै अपहरण गरि क्यामेरा समेत खोसिएको छ । उक्त झडपमा महाकुलुङ मिडिया प्रालिका रिपोर्टर रेगन राईको क्यामेरा खोसिएर कुटपिट गरेको छ भने गोल्डेन टिभिका संचालक अनुप योङ्हाङलाई अपहरण गरिएको छ। निर्माणाधिन केबलकारका ठेकेदार इन्द्र केदेम लगायतको समुहले काफ्लेपाटीमा रिपोर्टिङ गरिरहेका सञ्चारकर्मीहरुमाथि एक्कासी आक्रमण गरि क्यामेरा खोसेका…