महाकुलुङ गाउँपालिकाको प्रशासनिक शिविर सञ्चालन सेवा काठमाडौँमा

महाकुलुङ गाउँपालिकाले काठमाडौबाट प्रशासनिक सेवा दिने भएको छ । महाकुलुङ गाउँपालिकाको स्थायी बासिन्दा भई हाल काठमाडौँमा विभिन्न पेशा/व्यवसायमा संलग्न रहँदै आएका नागरिकहरूलाई लक्षित गरी प्रशासनिक सेवा प्रवाहका लागि विशेष प्रशासनिक शिविर सञ्चालन हुने भएको हो । गाउँपालिकाको कार्यालय र मातहतका ५ वटै वडा कार्यालयको समन्वयमा विविध प्रशासनिक सेवाहरू समेटिने गरी साउन २२ गतेदेखि २४ गतेसम्म…