काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरमा आफ्नो पार्टीको एक कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई राजधानीमा ‘अराजकता’ फैलाउन निर्देशन दिए। उनले पार्टीका नेता कार्यकर्ताहरुलाई काठमाडौं ‘कब्जा गर्न’ निर्देशन दिए। साथमा उनले ‘आन्दोलनमा प्रोटोकल हुँदैन’ भन्दै नेता कार्यकर्ताहरुलाई नियम कानुन उल्लंघन गर्न समेत उक्साए। उनको यो अभिव्यक्तिले देशको अभिभावकको भूमिकामा हुनुपर्ने व्यक्तिको सोच, नियत र योग्यतामाथि…