काठमाडौँ, स्थानीयको अवरोध नहट्दा नागढुंगा सुरुङमार्ग निर्माण अन्योल देखिएको छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले २०७६ कात्तिक ४ गते निर्माण सम्झौता गरेको यो आयोजना २०८२ कात्तिक ८ गते ९२५ अक्टोबर २०२५० भित्र सम्पन्न भइसक्नुपर्ने अन्तिम म्याद छ । तर स्थानीयले पटक–पटक सिर्जना गरेको अवरोधका कारण समयमै निर्माण सम्पन्न नहुने हो कि भन्ने आशंका…