काठमाडौँ, कोभिड महामारीको भयावह चरण सुरु भएको पाँच वर्षपछि चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भाइरसको सङ्क्रमण देखिएको छ । यो नयाँ भाइरसले विशेष गरी १४ वर्ष मुनिका बालबालिकालाई असर गरिरहेको छ । उत्तरी चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) नामको यो भाइरसको सङ्क्रमण बढी देखिएको विदेशी सञ्चार माध्यमले जनाएका छन् । चीनको आधिकारिक समाचार वेबसाइट ग्लोबल टाइम्सका अनुसार…