गृह पृष्ठ

भौतिक पूर्वाधार मन्त्रालयका चालकको दुर्घटनामा मृत्यु


११ माघ २०८१, शुक्रबार ००:००


जनकपुरको मधेस भवननजिक भएको मोटरसाइकल दुर्घटनामा परी भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको छ । आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठोकिदा पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको हो । उनी जनकपुरको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर १ निवासी रहेको प्रहरीले जनाएको छ ।

बिहान कार्यालय आउन लाग्दा मधेस भवन अगाडि विपरीत दिशाबाट विद्यार्थीले चलाएरको मोटरसाइकले ठक्कर दिँदा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु भएको जनकपुर प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले बताए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका यादवलाई अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृतक यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकसहित २ जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित : ११ माघ २०८१, शुक्रबार ००:००