सोलुखुम्बु, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका साडे ११ सय भन्दा बढी घर परिवार झण्डै एक महिना देखि अन्धारमा रात विताउन बाध्य बनेका छन् । गत असार १५ गते पहिरोले ८८ किलो वाटको भुवाखोला लघुजलविद्युत आयोजनामा क्षति पुर्याउदा सो बुङ र पेल्माङका ११ सय ६० घर परिवार अन्धकारमा रात विताउन बाध्य बनेको हो ।
पहिरोले विद्युतको फलामे पाईपमा क्षति पुर्याएपछि विद्युत अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध भएपछि हाल गाउँपालिका केन्द्र रहेको बुङ बजार क्षेत्रका करिब ४० घरधुरीमा बैकल्पिक विद्युतको ब्यवस्था गरिएको छ भने अन्य घरधुरी अन्धकारमा बस्न बाध्य बनेको स्थानीय बैविरता राईले बताउँनुभयो ।
विद्युतका कारण पालिका सहितका कार्यालयहरुबाट प्रभाह हुने सेवा नै रोकिएपछि ४२ किलो वाट क्षमताको सुर्केखोला लघुजलविद्युत आयोजनाबाट विद्युत विस्तार गरिएको बताइएको छ । विद्युत सेवा अवरुद्ध हुँदा मोबाईचार्ज देखि रेडियो, टेलिभिजन जस्ता सञ्चारको सेवाबाट समेत नागरिक बञ्चित हुनु परेको स्थानीय विर्ख बहादुर राईले गुनासो गर्नुभयो ।
विद्युत नहुँदा बालबालिकाहरुको विहान बेलुका घरमा पढ्ने बानी समेत हराउदै गएको अर्का स्थानीय विमल बस्नेतको चिन्ता छ । तर पहिरोका कारण विद्युत गृहको स्थान नै परिवर्तन गर्नुपर्ने भएकाले विद्युत सेवा सुचारु गराउन समय लाग्ने समितिका अध्यक्ष दिपक राईले बताउँनुभयो ।
उहाका अनुँसार पहिरोले २८ वटा फालमे पाइपमा क्षति पुग्दा ३६ लाख बराबरमने नोक्सान भएको छ । उक्त विद्युत वि.स २०६६ सालमा तत्कालिन जिल्ला बिकास समिति र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र तथा जन श्रमदान गरि करिव ३ करोड लगानीबाट निमार्ण भएको थियो ।








प्रतिक्रिया