मुख्य खवर

भेगन खानासम्बन्धी मेला ‘काठमाडौं भेज फेस्ट’ आयोजना


१२ श्रावण २०८२, आइतबार ००:००


काठमाडौँ, स्नेहाज केयरको आयोजनामा पाँचौ ‘काठमाडौं भेज फेस्ट’ सम्पन्न भएको छ । शनिबार काठमाडौँ बौद्धस्थित उत्पला क्याफेमा भेगन खानासम्बन्धी मेला ‘काठमाडौं भेज फेस्ट’ आयोजना गरिएको हो ।

काठमाडौँ भेज फेस्टको उत्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका थिए । वनस्पतिमा आधारित परिकारहरूको प्रचार–प्रसार गर्ने र वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भेज फेस्ट गरेको संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् ।

महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण गरिएको थियो । महोत्सव निकै रमाइलो हुनुका साथै विभिन्न स्टलहरूमा विभिन्न किसिमका स्वस्थकर र स्वादिष्ट भिगान परिकारहरूको स्वाद लिने गन्तव्य बनेको अध्यक्ष श्रेष्ठले बनाइन् ।

महोत्सवमा विभिन्न १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगान परिकार उत्पादकहरू, विभिन्न आकर्षक गरगहना राखिएको थियो । त्यसैगरी अर्गानिक कृषि उपज तथा ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्था, योग तथा दर्शन लगायतका सामग्रीहरूका स्टलहरू राखिएका थिए ।

उक्त महोत्सवमा लबिङ हर्ट, सो भेगन, भेगन हाउस, हाम्रो भेगन, सारा बेक्स भेगन, अलोइज ह्याप्पी, भेगन फुड एण्ड वेवरेजलगायत रेस्टुरेन्टहरूले स्टल राखेका थिए । त्यस्तै महोत्सवमा भिगन जीवनशैलीसँग सम्बन्धित जानकारीहरू प्रादर्शन गर्नुका महोत्सवलाई भव्य र मनोरञ्जनात्मक बनाउन लाइभ म्युजिक, नृत्य प्रस्तुति, बालबालिकाहरूका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरणको कार्यक्रम समेत राखिएको थियो ।

प्रकाशित : १२ श्रावण २०८२, आइतबार ००:००