महोत्तरीको गौशालामा मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । माईस्थान–गौशाला सडक खण्डको सुर्तिविकास चौकमा रहेको पार्कमा बुधवार राती करिव १० बजे मोटरसाईकल ठोक्किदा गौशाला नगरपालिका वडा नं. ८ का अन्दाजी १९ वर्षिय अमर पाँचेको मृत्यु भएको र सोही स्थानका अन्दाजी १७ वर्षिय युवराज बलम्पानी गम्भिर घाईते भएको गौशाला नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष भोजराज दर्लामीले बताए ।
दुर्घटनामा मृतक पाँचेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए । उनका अनुसार दुर्घटनामा गम्भिर घाईते बल्मपाकीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि थप उपचारका लागि जनकपुर पठाइएको बताए । सडकको बीचमा भागमा रहेको सो पार्कमा यसअघि पनि दुर्घटना हुँदै आएको छ ।










प्रतिक्रिया