समाचार

उपत्यकामा ९६औं समाज सुधार दिवस भव्य रुपले सम्पन्न


२५ बैशाख २०८३, शुक्रबार ००:००


वैशाख २५,ललितपुर

 

किरात पर्व तथा ९६औं समाज सुधार दिवस उपत्यकामा भव्य रुपले सम्पन्न भएको छ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका -८ शंखदेवि स्थित किरात माङसेसे हाङसाम माङहिम को प्रांगण मा एक बिशेष कार्यक्रम गरी मनाइएको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा प्राडा भवानी शंकर अधिकारी , ज्योतिर्वीद डा. चन्द्रकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङ का संघीय उपाध्यक्ष निरन्ती तुम्बापो, किरात धर्म तथा साहित्य उत्थान संघ का केन्द्रीय उपाध्यक्ष दंगधोज खोयाहाङ,
किरात धर्म तथा साहित्य उत्थान संघ का केन्द्रीय उपाध्यक्ष तथा अध्येता लेखक नवीन लिङ्देन, समाजसेवी भुपेन्द्र चेम्जोङ, अधिवता थाईन्द्र आङबुहाङ, अधिवक्ता भीम खत्री, किरात साम्यो माङ्सेवासावा मुजोत्लुङ पान्जुम्भोमा केन्द्रीय उपाध्यक्ष सञ्चहाङ सम्बाहाङ्फे लगायतको आतिथ्यता रहेको थियो।

 

 

१४ जना माङ्सेवासावा हरुबाट किरात साम्जिक मुन्धुम वाचन गरी येत नामधुङ लाधुङ् सेमी सेवा गरिएको थियो भने गोदावरी खोलामा साक्मुरा वादेम्मा (गालिश्राप बहन्ती) गरिएको थियो।

शुभकामनाको क्रममा नगर प्रमुख चिरीबाबु महर्जन भन्नुहुन्छ – ” किरात धर्म प्राचीन सनातनी धर्म रहेको र आफू महर्जन,ज्यापु को पुर्वज पनि किरात नै रहेको पाईएको छ।”शुभकामना मन्तब्यकै क्रममा प्रा. डा. भवानी शंकर बरालले १० मिनेट पूरै लिम्बू भाषामा मन्तब्य राख्नुहुदा सबै उपस्थित भक्तजन चकित परेका थिए । किरात धर्म तथा साहित्य उत्थान संघ उपत्यका समिति,किरात साम्यो माङसेवासावा नेवाला पानजुम्भो , किरात माङसेसे हाङसाम माङहिम को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता जीवन कुमार सुनुवार ले गरेका थिए भने कार्यक्रम संचालन राजेन्द्र केरुङले गरेका थिए।

 

बि.सं. १९८८ वैशाख २४ गते पान्थरको लब्रेमा ७ बुँदे सत्यधर्म मुचुल्का गरेका थिए। सत्यधर्म मुचुल्काका मुख्य ७ बुँदाहरू:
१. छोरी-चेलीको सोतरीत नखानु/नलिनु: छोरीको विवाह गर्दा पैसा वा दाइजो लिन नहुने।
२. बली नदिनु: पूजाआजा वा शुद्धाई (बर्खान्त) मा पशुपक्षीको बली नदिनु।
३. मृत्यु संस्कार: परिवारमा कसैको मृत्यु हुँदा ९ दिन बारेर १० दिनमा चोखिनु (अशुद्ध समय छोट्याउने)।४. सुत्केरी चोख्याउने: सुत्केरी भएको २२ दिनपछि मात्र चोख्याउनु।
५. खानपानमा सुधार: सुँगुर, कुखुरा र मद्यपान (जाँड, रक्सी) को प्रयोग नगर्नु।
६. सामाजिक सदाचार: कुल-कुटुम्ब वा पाहुना आउँदा जाँड-रक्सी र मद्यमांस प्रयोग नगर्नु।
७. बर्खान्तमा शाकाहारी: बर्खान्त (मृत्यु संस्कार) गर्दा फलफूल, नैवेद्य र अदुवा चढाउनु।

 

प्रकाशित : २५ बैशाख २०८३, शुक्रबार ००:००