१९ असार ,काठमाडौँ लिम्बू भाषिक नाटक “सिमिक्वा” सिबिउ चरी को भब्य मञ्चन भएको छ। बहुभाषिक नाटय उत्सव २०७९ को अवसरमा काठमाडौँ स्थित आरोहण गुरुकुलमा उक्त नाटक मञ्चन गरिएको छ।
सिमिक्वा आदिम किरात कालको लोक कथा हो। सिमिक्वा भन्नाले चरा को नाम हो । यो चराको छुट्टै मिथक रहेको छ। यो चरा अहिले पनि किरात लिम्बू समुदायमा घरको छेउछाउ करेसाबारीतिर कराउँदै आयो भने अशुभ हुन्छ भन्ने चलन परम्परा रहि आएको छ। यो यसरी कराउदैँ आयो भने विशेष चाँही बालबच्चाहरु बिरामी हुने,उनिहरुको सातो लान्छ है भन्ने परम्परा बिश्वास लिने गरिन्छ।
यो सिमिक्वा लोक कथामा आमा छोरीको कथा छ।एकदिन आमाले जङ्गलबाट च्याउ खोजिल्याएर घाममा सुकाई रुग्न लगाएकि हुन्छे । हेर्दाहेर्दै घामाले सुकेर च्याउ थोरै भएको निहुँमा आमाले छोरीलाई बेस्सरी कुटपिट गर्छ र घरबाट निकालिदिन्छ। छोरी घरबाट निस्किएपछि आलाप-बिलाप हुन्छ । छोरी हराएपछी बियोगमा बिलौना गाउँदै भौतारिदा भौतारिदैँ खोलाले बगाएर आमाको पनि चोला उठ्छ।
त्यही चोला सिमिक्वा चरिको रुपमा आउँछ र छोरी खोज्दै सिमिक्वा -सिमिक्वा (छोरीको नाम) भन्दै जहिल्यै खोलाको किनारतिर रुदैँ,बिलाउना गाउदैँ हिड्छ। यो मिथक ले भन्न खोजेको यथार्थ चाहीँ आत्मा भडकिएको अर्थात भड्किएको अतृप्त शोघा भएको चोलाको रुपमा लिईन्छ। 
किरात लिम्बू समुदायमा यसरी आत्मा भडकिएको शोघा भएको आत्माहरुलाई अशुभ मानिन्छ। तसर्थ लिम्बू समुदायमा यी शोघा (अमुक्ती आत्मा) हरुलाई येबा फेदाङ्माहरुले उनिहरुको आत्मालाई खुसी बनाएर मुक्ती दिने काम गरिन्छ अर्थात उनिहरुको बाटो मुन्धुमी बिधीद्वारा थुनिन्छ।
त्यसैले लिम्बू समुदायमा अहिले पनि कोहि कसैलाई श्राप दिनु वा हिंसात्मक तरिकाले कसैलाई गालिगलौज,हातपात गर्नु हुन्न भन्ने मान्यता रहि आएको छ।

किराँती मिथ सुबिउ चरी को कथामा आधारित नाटकले विश्व समुदाय लाई यहि सन्देश दिने प्रयास गरेको छ।
नाटकमा मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामु शेर्पा (छोरी),मनकुमार योङ्हाङ (येबा) शिखर लाम्गादे (च्याउ चरा), सबिरन राई (च्याउ चरा),उज्वल घिमिरे (सानो चरा), बिक्रम वनेम फागो,राजकुमार आङ्देम्बे लगायतको बेजोड अभिनय देख्न सकिन्छ ।
भाषा तथा भेषभुषा राजकुमार आङ्देम्बे,प्रप्स तथा लाईट डिजाईन मनाङ लावती,ध्वनी मनकुमार योङ्हाङ ,हाम्लाक्वा प्रस्तुती रचना लावती,प्राबिधिक सन्जय बिश्वकर्मा, भाषा अनुवाद डिल्ली मुसाहाङ अम्यङ्सा, येबा सर्दाम टंक केरुङ , कथा संकलक शिव कुमार श्रेष्ठ ,नाटय रुपान्तरण सुमन लिङ्देन,परिकल्पना तथा निर्देशन बिक्रम वनेम फागो र चेतन आङ्थुपोको रहेका छन।
चुलाचुली रंगमन्च
इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका कला,भाषा र साहित्य क्षेत्रको उर्वर भुमी मानिन्छ । नयाँ बाटो नयाँ पाईला नाटय समुहको सुरुवातमा २०६५ बाट गाउँमा मञ्चन गर्ने शैली परिवर्तन भयो। उक्त समूह २०७० असार ३ गते विश्व ब्यापिकरणमा ग्रामिण शौन्दर्यको खोजी नाराका साथ चुलाचुली रंगमन्च नामक आधिकारिक नाट्य संस्थाको आधार बनेर हाल सम्म दर्जनौं बढी नाटकहरु मञ्चन साथै विभिन्न संस्थाहरु सँगको सहकार्यमा काम गरिरहेको छ।
नाटय महोत्वस २०७९
गत असार १२ गतेदेखी १८ गतेसम्म ७ वटा नाटक हरु मन्चन भएका छन।
बहुभाषिक नाटय उत्सब २०७९ को विशेष अवसरमा उक्त नाटकहरु प्रदर्शनमा आएका हुन।
नेपाल सङ्गित नाटय प्रज्ञा प्रतिष्ठान को मुख्य आयोजना र आरोहण गुरुकुल को सहकार्यमा स्वर्ग जाने बाटो लाप्चा,कनन हरलता थारु,सुम्निमा वाम्बुले राई,सेमुना चाम्लिङ नेपाली,होङ्छा पुमा, सुबिउ चरी लिम्बू र कुटिरो खस भाषाको नाटक हरुको मञ्चन गरिएको छ।
शौन्दर्य,कला र संस्कृति सभ्यताको मुल आधार भन्ने नारासहित नेपाल सङ्गित तथा नाट्य प्रज्ञा-प्रतिष्ठान द्वारा आयोजना गरिएको बहुभाषिक नाट्य उत्सब २०७९ आरोहण गुरुकुलको सहकार्यमा सम्पन्न भएको छ।











प्रतिक्रिया