ताजा घटना

नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा


२१ जेष्ठ २०८२, मंगलबार ००:००


काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको महानगर स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८२, मंगलबार ००:००