काठमाडौं, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडको विषयमा प्रहरीले किटानी जाहेरी मागेको छ । गत १४ जेठमा नेविसघं निकट विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका थिए ।
त्रिविले घटनाको अनुसन्धान गर्न प्रहरी वृत कीर्तिपुरमा निवेदन दिएको छ । तर, प्रहरीले किटानी जाहेरी माग गरेको छ । किटानी जाहेरी आएको छैन । किटानी जाहेरी दिन त्रिविलाई पत्र लेखेर पठाएका छौँ ।
जाहेरी बिना अगाडि बढ्न अफ्ठ्यारो भएको हो,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले भने । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भने भइरहेको वृत्तले जनाएको छ ।
स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए ।
उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो । उक्त घटनापछि उपकुलपति केसी कार्यकक्षमा गएका छैनन् । त्यो दिनदेखि भीसीसर आउनु भएको छैन,’ उपकुलपति कार्यालयका एक कर्मचारीले भने, ‘विद्यार्थीबाट धम्की आइरहन्छ कसरी आउनु ? यसपटक त्रिविको कार्यकारी परिषद्ले नै विश्वविद्यालयको सम्पत्तिमा क्षति पुर्याउनेलाई कारबाही हुनुपर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया