गृह पृष्ठ

सोलुखुम्बुको बागबानीले किवी फल बिक्रीबाट ५ लाख बढी आम्दानी


१९ असार २०८०, मंगलबार ००:००


सोलुखुम्बुको कृषि ज्ञान केन्द्र फाम व्यवस्थापन शाखा(बागबानी)ले किवी फल बिक्रीबाट ५ लाख बढी आम्दानी गरेको छ । शाखाले चालु आर्थिक वर्ष २०७९/०८० मा उत्पादन भएको ६ मेट्रिकटन किवी बिक्रीबाट ५ लाख १ सय राजस्व संकलन गरेको हो ।

बागबानीले हेवार्ड, एलिसन, मुन्टी, एर्वोड, ब्रोनो लगायतका प्रजातीका किवी लगाएको बागबानी अधिकृत चन्द्र फडेराले जानकारी दिनुभभयो । उहाँका अनुसार उत्पादित किवी ग्रेड अनुसार प्रतिकिलो १०० देखि २०० रुपैयाँ सम्ममा बिक्री गरिएको हो ।

सो किवी अधिकांश जिल्ला भित्रै खपत भएका छन् भने कतिपयले कोशेलीको रुपमा काठमाण्डौँ, विराटनगर, झापासहित भारत समेत लगेको अधिकृत फडेराले बताउँनुभयो ।

फाम व्यवस्थापन शाखा बागबानीले २०७४ सालबाट सुरु गरेको किवी खेती हाल २० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । हाल बागबानीमा २५० बोट किवी रहेको छ भने वर्षेनी उत्पादन बढ्दै गएको बागबानी अधिकृत फडेराको भनाई छ ।

फाममा गत आर्थिक वर्ष करिब ४ हजार किलो उत्पादन गरेको थियो भने सो वर्ष किवी बिक्रबाट साडे ३ लाख राजस्व संकलन गरेको फाम व्यवस्थापन शाखा बागबानीले जनाएको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलबार ००:००