आर्थिक

दैलेखमा ४ हजार मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको निकालियाे नमुना


२० पुस २०८१, शनिबार ००:००


काठमाडौं, नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन्। जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन्।

‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।

प्रकाशित : २० पुस २०८१, शनिबार ००:००