पान्थर जिल्ला फालेलुङ गाउँपालिका वडा नं: ७ (साविक सिदिन-८) मा बुबा देवमान केरुङ र आमा देवकुमारी जबेगु केरुङ को कोखबाट बि.सं. २०२९ मंसिर २१ गते जन्मनु भएका पुस्ता नं. ३१ का मा. नरेन्द्र कुमार केरुङ गत बि.सं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा को निर्वाचनमा पाँचथर जिल्लाबाट नेपाली कांग्रेस पार्टी बाट बिजयी भई प्रतिनिधि सभा सदस्य माननीय सांसद हुन सफल हुनुभएकोमा हामी सम्पुर्ण केरुङ बन्धु,छोरीचेली हर्षविभोर भएका छौँ ।
त्रिभूवन विश्विद्यालय, किर्तिपुर बाट व्यवस्थापन बिषयमा स्नातकोत्तर (MBA) सम्मको शिक्षा हासिल गर्न सफल केरुङ २०४५ सालमा दमक बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघ बाट बिद्यार्थी राजनिती यात्रा सुरु गर्नुभएको थियो। २०४८ मा ने. वि. संघ पाँचथर जिल्ला सचिव,२०५१ माने. शि. संघ जिल्ला सह सचिव, २०५६ वी.पी.चिन्तन प्रतिष्ठान पाँचथरको सचिव,२०५६ देखि नेपाल ट्रेड यूनियन कांग्रेस पाँचथरको २ कार्यकाल अध्यक्ष,९ औं महाधिवेशनवाट जिल्ला सदस्यमा निर्वाचित,२०५७- २०६७ सम्म निरन्तर सहसचिवमा कार्यरत,११ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, २०६६ मा नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रिय सदस्य,२०७० संविधान सभा सदस्यको उम्मेद्वार, पाँचथर क्षेत्र नं.- १,२०६७ मा नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरको सभापति, २०७२-२०७८/०८/०६ सम्म नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरको सभापति, २०७४ मा प्रदेश सभा सदस्यको उम्मेद्वार प्रदेश सभा पाँचथर – १, १४ हाल- २०८२।११।२१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनबाट निर्वाचित हुनुभएको ले हामी सम्पूर्ण केरुङ वंश कै प्रतिष्ठा र गौरवको विषय हो। २०६३ को आन्दोलनमा नेतृत्वदायी भुमिका, विभिन्न सामाजिक क्षेत्रहरुको स्थानिय एवं केन्द्रिय तहमा नेतृत्व ,विभिन्न शैक्षिक संस्थाहरुमा ७ वर्ष शिक्षण अनुभव , पाँचथर बहुमुखी क्याम्पसमा ११ वर्ष प्राध्यापन गरी राजनीतिक तथा शैक्षिक क्षेत्रमा समेत अतुलनिय योगदान दिइसक्नुभएको छ । हाम्रो केरुङ बंशकै पहिलो प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकोले मात्रै नभई सिङ्गो आदिबासी लिम्बु समुदायको शिर लाई उच्च बनाउन सफल हुनुभएकोले हार्दिक बधाई सहित सुस्वास्थ्य,दिर्घायु साथै थप उत्तरोत्तर प्रगतीको कामना गर्दै काठमाडौं उपत्यका बासी सम्पूर्ण दाजुभाई,दिदीबहिनी, चेलीबेटी लगायतको तर्फ बाट यो सम्मान पत्र प्रदान गर्दछौं ।

Post Views: 24











प्रतिक्रिया