४ अगष्ट ,बेलायत
किराती राजा यलम्बरलाई सम्झिदैँ बेलायतमा यलम्बर स्मृती दिवस भब्य रुपले मनाईएको छ। बेलायतको गिल्फोर्ट स्थित गेम्बल लेनमा गत अगष्ट १ को दिन एक दिवसिय कार्यक्रम गरी मनाईएको हो। किरात राई यायोक्खा बेलायतको आयोजनामा हरेक बर्ष अगष्ट पहिलो हप्ता मनाईने भएकोले यस्पटक १ तारिखको दिन नै मनाईएको हो।
पहिलो किराती राजा यलम्बरको सम्झनामा बिगत सन २००४ साल देखी बेलायतमा मनाउन थालिएको बताउनुहुन्छ किरात राई यायोक्खा बेलायतका अध्यक्ष मे.रिटायर्ड दिल कुमार राई । कार्यक्रममा धनुषवाण प्रतियोगिता पनि आयोजना गरिदैँ आएको छ। साथमा मौलिक खाना वाचिपा र कठुवामा वासिपा बाट उपस्थित दर्शक तथा अतिथिहरुलाई स्वागत गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि अग्रज पुर्खा तथा समाजसेवि,खोटाङ पुर्व जिल्ला सभापती ,राजनितिज्ञ रत्न राई को हस्तबाहुलीबाट दिप प्रज्वलन गरी सुरु गरिएको थियो। जस्मा कार्यक्रमको सभाध्यक्ष किराया अध्यक्ष दिल कुमार राई ले गर्नुभएको थियो। बिशेष अतिथिका रुपमा किराया केन्द्रिय उपाध्यक्ष राकेश राई , आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष योगेश कोयि राई , किराया पुर्व केन्द्रिय अध्यक्ष डा. सुमाया राई, पदम राई ,कल्पना राई ,कियाचु बेलायतको प्रतिनिधी बेजिङ्स्टोक शाखा अध्यक्ष बिजय लिङथेप ,बिएफबिएस रेडियो बेलायतका स्टेशन म्यानेजर योगराज राईलगायत बिभिन्न शाखा अध्यक्ष तथा प्रतिनिधिहरु ,समाजसेवि ,बुद्दिजिवि लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमको संयोजक तथा दोश्रो ब. उआध्यक्ष क्या.रिटायर्ड सुमन चन्द्र राई ले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै मन्तब्य राख्नुभएको थियो। अतिथि ,बिशेष अतिथि,प्रमुख अतिथि लगायतले कार्यक्रमको सफल्ताको निम्ति शुभकामना मन्तब्य राख्नुभएको थियो।
कार्यक्रममा राई समुदायबाट यस बर्ष उच्च शिक्षा विधावारिधी हासिल गर्न सफल नयाँ पिढिहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।
त्यसैगरी धनुषवाण (आर्चरी ) प्रतियोगितामा समूह तर्फ प्रथम बिजेता बान्तावा खिम , द्वितिय आसफोर्ड शाखा समिती, तृतिय ग्रेज शाखा समिति र सान्तवना फोक्स्टन शाखा समिती बन्न सफल भएका थिए भने खुल्ला प्रतियोगितामा बेष्ट सुटर मेल बद्री राई, बेष्ट फिमेल सुटर ,बेष्ट जुनियर मेल गौरव राई , बेष्ट जुनियर फिमेल याङनुमा राई बनेका थिए ।

बिहान ८ बजेबाट नाक्छोङ द्वारा बिशेष सेवापुजा बाट सुरु गरिएको
कार्यक्रम दुई चरणमा सन्चालन भएको थियो। पहिलो चरणको औपचारिक कार्यक्रम समितिका महासचिव गंगाराज राई ले सन्चालन गर्नुभएको थियो भने दोश्रो चरणको साङ्गितिक कार्यक्रम रोजिना राई ले सन्चालन गर्नुभएको थियो।

नेपालबाट आमन्त्रित गायक गायिकाहरु पार्वती राई, भ्याईस अफ नेपाल फस्ट रनरअप रोशन राई ,नेपाल आईडल फाईनालिष्ट प्रमिला राई , गायक राजेन्द्र केरुङ ले दर्शक हरु लाई भरपुर मनोरन्जन दिलाए। त्यसैगरी गायिका तायाहाङ्मा राई,जानुका राई ,सलोनि राई, लिला गोम्देन राई ,बिसि राइ सहित किरात राई साँस्कृतिक कलाकार संघ बेलायतका कलाकारहरु द्वारा आकर्षक प्रस्तुतिले माहौल तातिएको थियो।












प्रतिक्रिया