ताजा घटना

९ दिनदेखि हराइरहेकी युवतीको शव जंगलमा भेटियो


२१ असार २०७८, सोमबार ००:००


चितवनको राप्ती नगरपालिकामा एक युवतीको शव फेला परेको छ । आइतबार साँझ नगरपालिकाकै ब्रम्हस्थानी सामुदायीक बनमा युवतीको शव फेला परेको हो । आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो। उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्।

भण्डारीको अ’पह’रण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’पह’रण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।

प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अ’पह’रित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बे’पत्ता भएपछि फिराैती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।

प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।

तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले बतायो। वनको बीचमा झाङमा अ’ड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन्।

प्रकाशित : २१ असार २०७८, सोमबार ००:००