शिक्षा

त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थाल्याे


२१ पुस २०८१, आइतबार ००:००


काठमाडौँ त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। अंग्रेजी भाषामा मात्रै प्रश्नपत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको जनाउँदै त्रिविले दुवै भाषामा प्रश्नपत्र बनाउने निर्णय गरेको थियो।

सोही आधारमा पहिलो पटक दुवै भाषामा प्रश्नपत्र सोध्न थालेको हो। अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

याे पनि पढनुहाेसः

काठमाडौं, फिल्म ‘बलिदान’का निर्माताले ‘प्रोडक्सन भ्यालु’लाई बलियो तुल्याउन प्रयत्न गरेको देखिएको छ । ‘लार्जर देन लाइफ’मा शैलीमा जोड दिने निर्देशक सन्तोष सेनले छायांकन भइरहेको एक्सन फिल्मको प्रप्समा यस्तै गरेका छन् ।

अहिले भारतको कोलकाताबाट ४२ फिट अग्लो कालीको मूर्तिलाई इटहरी ल्याएर छायांकन भइरहेको छ । भारतीय कालीगढले निर्माण गरेको उक्त मूर्ति क्लाइमेक्स दृश्यका लागि प्रयोग भइरहेको जनाइएको छ ।

निर्देशक सेनले नेपालमा नपाइएपछि भारतबाट मूर्ति ल्याइएको बताए । ‘फिल्मको लागि हामीलाई विशाल कालीमाताको मूर्ति चाहिएको थियो,’ उनले भने, ‘भारतको कोलकाता पुग्यौं र त्यहाँका कुशल कालीगढसँग मिलेर ४२ फिट मूर्ति निर्माण गर्‍यौं ।’

मूर्ति राखेपछि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । छायांकन नसकिंदै ‘कालीचौर’का रूपमा परिचित यो स्थान चर्चामा आएको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशकले जनाए ।

सेनका अनुसार छायांकन करिब टुंगिने तयारीमा छ । छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गरिने उनले बताए । एक्सन दृश्यलाई रोमाञ्चक बनाउन दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।

राजनीतिक कथावस्तुमा निर्माण भइरहेको यो फिल्मको शीर्ष भूमिकामा ‘१२ गाउँ’ फेम्ड समीर भट्ट छन् । सेनको ‘आसुसेन फिल्म्स प्रालिको प्रस्तुति रहेको फिल्ममा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी सहनिर्माता छन् ।

प्रकाशित : २१ पुस २०८१, आइतबार ००:००