मनोरञ्जन

सामाजिक अभियान्त तथा नव मोडल रजनीको म्युजिक भिडियो “मायाला म्हेन्दो” सार्वजनिक


२१ मंसिर २०७७, आइतबार ००:००


काठमाडौँ,नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष तथा वरिष्ठ संगीतकार, गायक चन्द्र कुमार दोङको प्रमुख आत्तिथ्यतामा “मायाला म्हेन्दा”े म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक अभियान्त तथा नव मोडल रजनी तामाङको पहिलो म्युजिक भिडियो “मायाला म्हेन्दो” बौद्घको छिमेकी क्याफेमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएको छ ।

वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा “मायाला म्हेन्दो”को शब्द÷संगीतकार सन्जिव वाइवा, महानायक अमिर दोङ विशेष अतिथि रहेको थियो । कार्यक्रममा तामाङ समुदायको चिरपरिचित नायिका रोश्नी ब्लोन, गायिका शशिकला मोक्तान, गायिका रेश्मा बम्जन, मोडल सागर मोक्तान आदि अतिथिका रुपमा रहेका थिए ।

मिसन समृद्घ नेपालका अध्यक्ष सुदिन लामाले कार्यक्रमको विधिवद रुपमा संचालन गरेको थियो भने मिसन समृद्घ नेपालका महसचिव मिलन कुमार लामाले तामाङ समुदायले निर्माण गरेका सांगीतिक कोशेलीहरुलाई अन्तर्राष्ट्रिय रुपमा नै चिनाउनका लागि राष्ट्रिय मुलधारका मिडियासम्म पहुच राख्नका लागि पहल हुनु पर्नेमा जोड दिएका छन् ।

नायिका रोश्नी ब्लोनले तामाङ गीत संगीतले विस्तारै मुलधारको बजारसँग प्रतिशपर्दा गर्न थालेको हुनाले सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताए । गायक तथा कार्यक्रका विशेष अतिथि सन्जिव वाइवाले तामाङ समुदायमा पनि गीत संगीतमा केही बिकृतिहरु शुरु भएता पनि त्यसलाई बिस्तारै व्यवस्थापन गरेर सामाजिक हीत र सन्देश मुलक म्युजिक भिडियोहरुको जित हुँदै गएको बताउनु भयो ।

उहाँ भन्नु हुन्छः “मायाला म्हेन्दो” म्युजिक भिडियोबाट उठेको रकम पनि कमल थिङको सहयोगका लागि भनिरहेको छ तर अभियान्तहरुको टकरावको कारणले कमल थिङको उद्घार हुन नसकेको खबरले म आज धेरै दुःखी भएको छु । छिटै नै समस्याको समाधान होस् भन्न चाहन्छु । ”
कार्यक्रमको प्रमुख अतिथि चन्द्र कुमार दोङले आफ्ना केही पुरा तिता अनुभवहरु सुनाउनु भयो । विभिन्न बाधाहरुलाई पार गरेर तामाङ गीत संगीतिक क्षेत्रलाई आजको यो उचाईमा पुगेको देख्दा खुशी लागेको बताउनु भयो । पछिल्लो चरणमा गायक चन्द्र कुमार दोङ पत्रकार सम्मेलन, म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा देखा हुन थालेका छन् ।

तामाङ सांगीतिक क्षेत्रमा लागेका नव प्रवेशीहरुका लागि पनि खुशीको खबर नै भन्नु पर्छ । किनभने उहाँसँग तामाङ गीत संगीत क्षेत्रमा अनुभवहरु धेरै छन् । माया प्रीतिका गीतहरु धेरै आएको छ । विभिन्न यु-टुव च्यानलहरुमा हेर्न, सुन्न पाइन्छन् ।
नव मोडल रजनी तामाङको यो माया प्रीतिको म्युजिक भिडियो सन्देश मुलक अनि मौलिक अधिकारसँग जोडिएका छन् ।

“मायाला म्हेन्दो” म्युजिक भिडियो हेरिरहदा धेरै कुराहरुको अुनभव गर्न सकिन्छ । कुइसाङ रुम्बा र अनिता नेगी लामाको ठट्याउलीमा मज्जाले पेट मिचिमिचि हाँस्न पाउने छन् । सामाजिक अभियान्त रजनी तामाङ घिसिङ र बिजय ब्लोनको अभिनय तारिफ योग्य नै रहेको छ । रजनी तामाङ घिसिङको अभिनयमा निखारता देख्न पाइन्छ । पहिलो म्युजिक भिडियो नै हो त उहाँको ? भन्ने जिज्ञासा जो कसैलाई लाग्न सकिन्छ ।

दिपेश प्रधानको संयोजन, गुगल लामाको एरेन्ज, सुर्य लामाको कलर, र युद्ध लामाको कोरियोग्राफी रहेको यो म्युजिक भिडियोलाई नायक अमिर दोङले निर्देशन गरेको छ । गीतको शब्दलाई अनि कथा बस्तुलाई नायक अमिर दोङको निर्देशनले न्याय दिलाएको छ या छैन दर्शकहरुले भिडियो हेरेपछि पक्कै मुल्याङकन गर्ने छन् ।

कार्यक्रममा कमल थिङ बचाउ अभियानमा संकलन रकम १० लाख उनको धर्मपत्नीलाई प्रमुख अतिथि चन्द्र कुमार दोङ र विशेष अतिथि सन्जिव वाइवाको हातबाट हस्तान्तरण गरिएको छ ।
भिडियो हेरेर कमेन्ट् गर्नु होला ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार ००:००