मुख्य खवर

घर फर्कनेलाई फेरी एक मौका, उपत्यकाका प्रमुखको यस्तो निर्णय


२३ बैशाख २०७८, बिहिबार ००:००


काठमाडौं, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाबाट घर फर्कन चाहनेहरूलाई फेरी घर फर्कन मौका दिएका छन् । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यका बाहिर जानेसँग सम्बन्धित स्थानीय तहको सिफारिस माग गर्ने निर्णय गरेको हो ।

तर, घर फर्कन चाहनेहरूले आफ्नो सम्बन्धित स्थानीय तहबाट १० दिन क्वारेनटाइन राख्ने प्रतिबद्धतासहितको सिफारिस ल्याउनु पर्ने छ । सो सिफारिसका आधारमा उपत्यकाबाट घर फर्कन चाहनेहरूलाई गन्तव्यसम्म जान सहजीकरण गर्न दिइने निर्णय भएको निर्णयको बुँदामा भनिएको छ । उपत्यकाका तीन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार ००:००