सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको दुई आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । सोमबार र मंगलबार महाकुलुङ गाउँपालिका वडा नं २ पेल्माङ र वडा नं ४ को तुमाउमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गाउँपालिका अध्यक्ष सागर किराँतीले गरे ।

४–४ कोठे दुई वटा आरसिसि भवन ७७ लाख ७२ हजारको लागतमा निर्माण हुने छ । गाउँपालिका अध्यक्ष किराँतीले गाउँगाउँमा नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएकोे बताए ।

साथै निर्माण कम्पनीलार्ई गुणस्तरिय भवन निर्माणका लागि निर्देशन दिए । शिलान्यास कार्यक्रममा उपाध्यक्ष विपना कुलुङ, वडाध्यक्ष लगायतको उपस्थिती रहेको स्वास्थ्य शाखा संयोजक हरी आचार्यले जानकारी दिए ।












प्रतिक्रिया