गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि कलात्मक शैलीमा निर्माण गरिएको छ। भिडियोमा अरुण बरुण न्यौपानेको छायांकन, चानस पुन मगरको सम्पादन तथा रबिना लिम्बुको मेकअप रहेको छ। भिडियोको कथा सागर लामिछाने मगरले तयार पारेका हुन्।
सागर लामिछाने मगर र सुवम चाम्लिङको संयुक्त निर्देशनमा तयार भएको भिडियोले गीतको भावलाई प्रभावकारी रूपमा पर्दामा उतारेको छ। प्रेम र विछोडका संवेदनशील पक्षलाई दृश्यमार्फत प्रस्तुत गरिएको भिडियोमा छायांकन, सम्पादन र निर्देशनको सन्तुलित संयोजन देख्न सकिन्छ।
शब्द, संगीत, स्वर र भिडियो पक्षको सन्तुलित प्रस्तुतिका कारण ‘छाडी जाने भए तिमी’ समकालीन नेपाली संगीतप्रेमीमाझ रुचाइने अपेक्षा गरिएको छ। गीतकार प्रकाश दुमी राईको भावपूर्ण शब्दलाई पदम राई र बिपना राईको सुमधुर स्वरले जीवन्त बनाएको यो सांगीतिक कोशेलीले नेपाली संगीत क्षेत्रमा थप चर्चा बटुल्ने विश्वास निर्माण पक्षले गरेको छ।











प्रतिक्रिया