•राजेन्द्र केरुङ
पुष २२, काठमाडौँ
गितकार शान्ता केरुङ को नयाँ पालाम (लाम्देंबा मिम्जी -४)को म्युजिक भिडियो सार्वजनिक भएको छ। केरुङ कै शब्द लय सङकलन रहेको पालामलाई सुमन लिम्बू र निरन्ता नेम्बाङ ले स्वर दिएका छन भने शिव सम्बाहाम्फे र इन्दिरा नेम्बाङ ले कोरशमा साथ दिएका छन।
मनोज साङसोन को संगित संयोजन रहेको पालाम लाई राजु कार्कीले मिक्सिङ गरेका हुन।
याशेली योङहाङ को परिकल्पना मा दिप केरुङ र लक्ष्मी योङ्हाङ,टेकेन चेम्जोङ ,शिक्षा पयाङगु,छ्याम चेम्जोङ,सिया थोप्रा लगायतले अभिनय गरेका छन ।
सुजन दाहालको छायांकन तथा सम्पादन गरेका हुन भने झर्ना याक्सोको श्रङ्गार गरेका हुन।
भिडियोलाई अहिलेका निक्कै ब्यस्त निर्देशक हाङ चेम्जोङले निर्देशन गरेका हुन।
गितकार शान्ता लामो समय देखि लिम्बु गित सङ्गितमा योगदान दिइरहनुभएको छ। आफ्नै युट्युब च्यानल Limbu Culture Creation मार्फत यसअघि पनि दर्जनौं को सङ्ख्यामा पालाम हाक्पारे,ख्याली,सेवा साम्लो हरु सार्वजनिक गरिसक्नुभएको छ।
कर्मथलो हङकङमा रहनुभएकी गितकार केरुङको लाम्देङ्बा भाग १-४,नुमुई केसाम,मिम्जिरे याङघेक,फुङबोक्ला हाक्पारे,मेक्खिम काम्मा,कुसङ पालाम,निङ्वा इगेक,लाङ्दाक सेवारो लगायत गितहरु चर्चित छन।










प्रतिक्रिया