काठमाडौं, नेपाली बजारमा सुनको भाउ दैनिक उकालो लाग्न थालेको छ । बुधबार प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको सुन आज बिहीबार ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
बुधबार भने तोलाको १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहीबार घटेर तोलामा १ हजार ९ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।











प्रतिक्रिया