ताजा घटना

साथीको हत्या गरेको आरोपमा पक्राउ


२६ बैशाख २०७८, आइतबार ००:००


साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको वराह नगरापलिका–४ घर भएका प्रकाश तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

उनले वैशाख २२ मा रातको सयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन ।

प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् । करिब ३० वर्षका मृतकको टाउकोमा चोट लागेको छ । विवाद हुँदा टाउकोमा हिर्काएर साथीको हत्या गरेको आरोपीले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवालले बताए ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार ००:००