लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् । उनकै नियुक्तिका लागि सरकारलाई दबाब दिन केही समय अघि उनकै नामको फेक अकाउन्टबाट सरकारले घिसिङलाई पुनर्नियुक्ति दिएको गलत सुचना प्रवाह भएको थियो ।
बधाइको ओइरो आउन थालेपछि आफ्नो नामबाट कसैले अकाउन्ट खोलेर बदमासी गरेको र सरकारले कुनै नियुक्ति नदिएको भन्दै स्पष्टीकरण समेत दिनुपरेको थियो ।
सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए ।
उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपुजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेको छैन । अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्रमा लोडसेडिङ हुन नदिन अनवरत खटिरहेका घिसिङले ३१५ मेगावाट सम्मको माग धान्न सफल भएर आम मानिसको मन जितेका थिए ।
उनी प्राधिकरणबाट बाहिरिए भने आफुहरु फेरी अन्धकारमै बस्नुपर्ने त होइन भन्दै उनको बर्हिगमन नहोस् भन्ने आम मानिसले आशंका व्यक्त गरिरहेका छन् । लोडसेडिबाट तर्सिएका आम नेपाली जनता उनको कार्यकाल थपिएला वा समाप्त होला भन्ने विषयलाई चासोका साथ कुरिरहेका छन् ।
एक कार्यक्रममा बोल्दै कुलमान घिसिङले आफुले लोडसेडिङको अन्त्य गरेको भएता पनि आफुलाई उक्त स्थानमा पुर्याउने र कुलमानले काम गर्न सक्छ भन्ने तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दशन शर्मा रहेको बताएका छन्।











प्रतिक्रिया