काठमाडौं ,काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् ।
सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ ।
यो पनी पढ्नुहोस:
यो दुनियाँमा कहिलेकाहीँ पत्याउनै नसकिने खालका यस्ता घटना हुन्छन्, जुन सुन्दा पनि आँत नै सिरिङ्ग हुन्छ । हालै रुसमा एकजना महिलाको मुख हुँदै घाँटीभित्र छिरेको एउटा सर्पलाई बल्लतल्ल बाहिर निकालिएको छ ।
दक्षिणी रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेको बेला उनको मुखबाट ४ फिटको सर्प भित्र छिरेर घाँटीबाट तलसम्मै पुगिसकेकेा थियो ।
सर्प मुखभित्र छिरेपछि तत्कालै ब्युँझिएर रन्थनिएकी ती महिलालाई तत्काल अस्पताल लगियो । त्यहाँ उनलाई बेहोस पारियो र डाक्टरहरुले उनको घाँटीभित्र छिरिसकेको सर्प निकाल्न सफल भए ।











प्रतिक्रिया