काठमाडौं,प्रेस काउन्सिल नेपालले पत्रकारलाई इन्टरनेट जडान गर्दा २० हजार रुपैयाँसम्म अनुदान दिन सक्ने गरी नीतिगत व्यवस्था गरेको छ । पत्रकारिताको विकास र विस्तारमा सहयोग पुर्याउने उद्देश्यसहित मिडिया विकास कोषबाट यस्तो अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार यस्तो अनुदान अति दुर्गम क्षेत्र एवम् दलित, महिला, अल्पसङ्ख्यक समुदाय तथा अपाङ्गता भएर पत्रकारिता गरिरहेका, न्यून आय भएका पत्रकारलाई उपलब्ध गराइनेछ । अनुदान प्राप्त गर्न सञ्चारमाध्यम कम्तिमा तीन बर्षदेखि नियमित सञ्चालनमा रहेको र पत्रकारको हकमा कम्तिमा पाँच वर्ष पत्रकारिता गरेको हुनपर्नेछ ।











प्रतिक्रिया