मनोरञ्जन

दिपक र दीपाले पुरा गरे वर्षौ देखिको सपना


२७ श्रावण २०७८, बुधबार ००:००


काठमाडौ,हाँस्य कलाकार दीपकराज गिरी र दिपा श्री निरौलाको एउटा सपना थियो । आधुनिक र ठूलो सिनेमा हल खोल्ने । महामारीको समयमा सिनेमा क्षेत्र ठप्प भएको यो समयमा दीपक र दिपाले त्यो सपना पुरा गर्न लागेका छन् ।

नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माण गरिरहेका छन् । आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने अहिले धमाधम काम भइरहेको छ । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् ।

“करिब ९ करोड लगानी हुने उनीहरुले अनुमान गरेका छन् । दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ ग्रुपको लगानी रहने छ । दीपकले सिनेमा हल खोल्ने आफुहरुको पुरानै योजना रहेको बताए ।

आफै हल बनाउँदा चलचित्रकर्मीलाई सहज होला भन्ने अनुमान उनीहरुले गरेका छन् । महामारीका कारण सिनेमा क्षेत्र ठप्प हुँदा आफुहरुले गरेको कामले अन्य कलाकार र सिनेकर्मीलाई पनि हौसला मिल्ने विश्वास दिपाको छ । निर्माणाधीन महलको माथिल्लो तलमा सिनेमा हल हुने दीपाले बताएकी छन् ।

प्रकाशित : २७ श्रावण २०७८, बुधबार ००:००