गृह पृष्ठ

सरकारी भवनबाट संघ-संस्थाका कार्यालय हटाउन निर्देशन


२ असार २०८३, मंगलबार ००:००


२ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय हटाउन निर्देशन दिएको छ । कार्यालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तर सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेका प्राविधिक तथा पेशागत संघ–संस्थालाई ७ दिनभित्र हटाउन निर्देशन दिएको हो ।  

काठमाडौं प्रशासनले सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि त्यस्ता संघ–संस्थाका बोर्ड तथा संरचना हटाई ओगटिएका स्थान खाली गराउन निर्देशन दिएको छ ।

सूचनाको अवज्ञा गरी सरकारी संरचनामा संघ–संस्थाका कार्यालय सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने प्रशासनले उल्लेख गरेको छ ।

प्रकाशित : २ असार २०८३, मंगलबार ००:००