Breaking News Post

स्व. स्टाफ सार्जन्ट कुबेर सिं नेम्बाङको शब अन्तिम श्रद्वान्जली पछि जन्मगाउँ लिएर जादैँ सपरिवार


४ असार २०८३, बिहिबार ००:००


१७ जुन,आसफोर्ड

स्व: स्टाफ सार्जन्ट कुबेर सिं नेम्बाङ को पार्थिव शरिरमा (भ्युविङ) अन्तिम श्रद्वान्जली दिईएको छ। आसफोर्फको साईमन चर्चमा श्रद्वान्जली सभा आयोजना गरिएको थियो।

किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष कमला सेम्दाङ, नेम्बाङ समाज युकेका अध्यक्ष बिर नेम्बाङ,सगरमाथा नेप्लिज कम्युनिटिका अध्यक्ष मोहन सोदेम्बा ,किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा अध्यक्ष शुन्दर लिङ्थेप , पाँचथर सेवा समाज का पुर्व अध्यक्ष चन्द्र सुन्दास, उपाध्यक्ष लाहाङ चेम्जोङ, एन.आर. एन.ए. उपाध्यक्ष बिश्वासदिप तिगेला , केवाईसी थामेन्दिङ युकेका अध्यक्ष मनमाया नेम्बाङ, वेन्सा चुम्भो युके ,सेवारो कलाकार संघ युके का माक्सती ओख्राबो राजन नेम्बाङ लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी हरुले श्रद्वान्जली अर्पण गरेका थिए ।

 

जुन १८ का दिन पार्थिव शरिर लाई जन्मगाँउ पान्थर इम्बुङमा स परिवारका साथ लगिदैछ। निजको जेठा छोरा नगेन्द्र राजका अनुसार बुबाको इच्छा अनुसार जन्मगाँउमा लान लागिएको हो। त्यहाँ १५ लाख खर्चेर आफैले समाधिस्थल नै तयार गरिसक्नुभएको थियो ।

वि.सं. १९९१ साल फाल्गुन ४ गते, पाँचथर जिल्ला, साविक इम्बुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका–२) मा बुबा दिलमान नेम्बाङ र आमा जयमती मेयङ नेम्बाङको कोखबाट उहाँको जन्म भएको थियो।वि.सं. २००६ सालमा धनमाया चेम्जोङसँग वैवाहिक जीवनमा बाँधिनुभएको थियो।

 

राष्ट्रसेवाको उच्च भावनाले प्रेरित भई वि.सं. २०११ सालमा ब्रिटिश आर्मीमा भर्ती हुनुभयो। Queens Gurkha Signals (QGS) रेजिमेन्टमा आबद्ध हुनुभयो।
आफ्नो लगनशीलता, अनुशासन र कर्तव्यनिष्ठाका कारण उहाँले उक्त रेजिमेन्टमा १९ वर्षसम्म गौरवपूर्ण सेवा गर्नुभयो र अन्ततः स्टाफ सार्जेन्ट पद प्राप्त गर्न सफल हुनुभयो।
वि.सं. २०२८ सालमा सैनिक सेवाबाट अवकाश लिएपछि पनि उहाँ विश्राममा बस्नुभएन। वि.सं. २०२९ देखि २०३२ सालसम्म गल्लावालका रूपमा कार्य गर्दै थुप्रै नेपाली युवाहरूलाई ब्रिटिश सेनामा भर्ती हुन प्रेरित र सहयोग गर्नुभयो।

 

त्यसपछि वि.सं. २०३९ देखि २०४९ सालसम्म पाँचथर वेल्फेयर असिस्टेन्ट अफिसर को रूपमा कार्यरत रहँदा उहाँले पूर्वसैनिक, तिनका परिवार तथा समुदायको कल्याणमा उल्लेखनीय योगदान पुर्‍याउनुभयो। सेवाको यो अध्यायले उहाँलाई समाजसेवाको अर्को उचाइमा पुर्‍यायो।
वि.सं. २०४७ सालमा बुद्धमाया जबेगुसँग दोस्रो विवाह गर्नुभएका उहाँ विशाल परिवारका अभिभावक बन्नुभयो। उहाँका दुई सुपुत्र नगेन्द्रराज नेम्बाङ र गजेन्द्रराज नेम्बाङ, तथा दस सुपुत्रीहरू मिना, रुपादेवी, लोकमाया, महेश्वरी, सीता, शुभा, कामना, जमुना, यमुना र नमुना हुनुहुन्छ। उहाँले आफ्नो जीवनकालमा २५ नाति–नातिना र १३ पनाति–पनातिनी सहित तीन पुस्ताको मायालु अभिभावक बन्ने सौभाग्य प्राप्त गर्नुभयो।
अचानक स्वास्थ्यमा समस्या देखा पर्‍यो। उपचारकै क्रममा बेलायतस्थित William Harvey Hospital, Ashford मा ४ जुन २०२६ का दिन, ९२ वर्षको उमेरमा दुखद निधन भएको थियो।

 

स्व. कुबेर सिं नेम्बाङ प्रती समर्पित बायोग्राफी

https://fb.watch/HPvyDxGgfv/

प्रकाशित : ४ असार २०८३, बिहिबार ००:००