सोलुखुम्बुको जन जागृति मा.वि सल्लेरीमा कृषि मेला प्रर्दशनी गरिएको छ । इभेन्ट परियोजनाको आर्थिक सहयोगमा संचालित कार्यक्रम विव्यस अध्यक्ष प्रेम कुमार राईको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त प्रदर्शनीमा विभिन्न ६ वटा विधामा २४ जना पुरस्कृत भएका छन । मेलामा ६० जना भन्दा बढी सहभागि कृषकहरुले १ सय ५ प्रकारका बालीहरु प्रदर्शन गरेका थिए । जसमा आलु तथा जरेबाली अन्र्तगत राम कुमारी राई प्रथम, याङजी लामा द्वितिय, टेक बहादुर भुजेल तृतिय र गोकुल राई सान्तवना भएका छन । त्यस्तै खाद्यान्न बाली तर्फ रोजिमा राई प्रथम, टेक बहादुर भुजेल द्वितिय, उर्मिला राई तृतिय र याङजी लामा शेर्पा सान्तवना भएका छन ।
त्यसैगरी फलफुल बाली समुह अन्र्तगत टेक बहादुर भुजेल प्रथम, रोजिना बस्नेत द्वितिय, हिरा देवी क्षेत्री तृतिय र टेक बहादुर भुजेल सान्तवना भएका छन । नगदे बाली समुह अन्र्तगत टेक बहादुर भुजेल प्रथम तथा द्वितिय, शान्ती श्रेष्ठ तृतिय, टेक बहादुर भुजेल सान्तवना भएका छन । फल खाद्यबाली अन्र्तगत टेक बहादुर भुजेल प्रथम, पृथ्वी भुजेल द्वितिया, गोकुल राई तृतिय र टेक बहादुर भुजेल सान्त्वना भएका छन । त्यस्तैगरी पात तथा फलफुल अन्र्तगत प्रेम कुमार श्रेष्ठ प्रथम, पृथ्वी भुजेल द्वितिया, राम कुमारी राई तृतिय र गोकुल राईले सान्तवना स्थान ओगटन सफल भएको विद्यालयका प्राधानध्यपक तिलक बहादुुर राइले जानकारी दिनुभयो ।











प्रतिक्रिया