मनोरञ्जन

चलचित्र ‘जुना’८० हलहरूमा उत्साहजनक प्रर्दशन


२९ माघ २०८१, मंगलबार ००:००


काठमाडौं, देशब्यापी रिलिज भइरहेकाे चलचित्र‘जुना एक:व्यथा’हलहरूमा चलिरहेको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको फिल्मले उत्साहजनक शो पाएको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारबाट काठमाडौं उपत्यकामा १० शो र उपत्यकाबाहिर १४,वान सिनेमाजले ४, एफक्यूब चाबहिलले २,बिग मुभिजले ३, कीर्तिपुर सिनेप्लेक्सले २,आइएनआईले ७,रञ्जना सिनेप्लेक्सले २, एलिट सिनेमाजले ३,पाथीभरा सिनेप्लाजाले २,सिने रोयलले २,विश्वज्योति सिनेमाले २ शो दिएका छन् ।

फिल्मले देशभरका हलमा ८० हाराहारीमा शो पाएको छ । निर्माता घिमिरेका अनुसार फिल्मको अग्रिम टिकट विक्री सुखद छ । बालविवाह र महिला हिंसा निरुत्साहितको सन्देश दिने उद्देश्यले निर्माण गरिएको फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो ।

अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । राजबहादुर सानेको कथा,बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको छायांकन छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

प्रकाशित : २९ माघ २०८१, मंगलबार ००:००