गृह पृष्ठ

एल.बी.नेम्बाङको निबन्धकृती मुयेङ्सा केएप्पा याप्मिहा सार्वजनिक


२८ चैत्र २०८१, शुक्रबार ००:००


निवन्धकार योगी एल.वी.नेम्बाङ लिम्बुको लिम्बू भाषाबाट प्रकाशित पहिलो निबन्धकृति मुयेङ केएप्पा याप्मिहा अर्थात मुस्कुराउँने मानिसहरु विमोचन भएको छ। मंगलबार फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान पाँचथरको आयोजनामा पाँचथरको राँके बजारमा गणतन्त्र नेपालका प्रथम कुलपति मुन्धुमबिद वैरागी काईलाको हस्त बाहुलीबाट विमोचन भएको थियो ।

कार्यक्रममा उक्त पुस्तकमाथि प्रमुख अतिथी वैरागी काईला ले लामो सारगर्भित मन्तव्य दिनुभएको थियो। उहाँले, पुस्तकमा- विशेषतः योग दर्शन सम्बन्धिका लगायत वीर नेम्बाङ र भाषाबिद ,ज्योतिष शास्त्री श्री रन्धोज नेम्बाङको जीवनी समावेश भएकोले किताव महत्वपूर्ण रहेको बिचार व्यक्त गर्नुभयो । कार्यक्रम- फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति समदर्शी काईला (मनकुमार लावती) को अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २८ चैत्र २०८१, शुक्रबार ००:००