काठमाडाैँ, माननीय रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा नु(मन) २ माघ १ गते विमोचन हुने भएकाे छ । समुदायभित्रको विकास र उत्थानका निम्ति सामाजिक,आर्थिक,राजीतिक,शैक्षिक मात्र नभएर सही दिशानिर्देशन गर्ने कलाकारिता क्षेत्र पनि एउटा कडि सावित हुनुपर्दछ ।
यसै कारण कलाकारिताको हिसाबले किरात खालिङहरुको भाषा,भेषभूषा,संस्कृतिमूलक पहिचानलाई संरक्षण, सम्बद्र्धन एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न आरोह अवरोहहरु छिचोल्दै साँस्कृतिक दायित्वलाई आत्मसाथ लिदै नु (मन) म्यूजिक भिडियो को सुरुवात गरिएको छ ।
यो नितान्त खालिङ समुदायभित्रको संस्कार र संस्कृतिमा आधारित म्यूजिक भिडियो निर्माण भएको छ । यस म्यूजिक भिडियो नु(मन) भाग–२ ले खालिङ समुदायभित्रको पहिचानमुलक संस्कार र साँस्कृतिक खुराक पस्काउने प्रयास गरिएकाे छ ।
यस म्यूजिक भिडियोमा उर्मिला खालिङकाे शब्द रचना रहेकाे छ भने निर कुमार खालिङले सङगीत भरेका छन । यस म्यूजिक भिडियोमा उर्मिला खालिङ र हेमन्त खालिङकाे सुमधुर आवाजलाइ गंगाराम खालिङले छयाङकन गरेका छन ।












प्रतिक्रिया