काठमाडौं, नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ। सुन आज एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि तोलामा कारोबार ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको छ।
याे पनि पढनुहाेस :
काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको हो ।
उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो । प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थि तगर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले भने मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् । प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको छ ।











प्रतिक्रिया