गृह पृष्ठ

अन्तिम ओभरमा पुगेको नेपाल अन्ततः अलआउट


३० चैत्र २०८१, आइतबार ००:००


काठमाडौं,हङकङमा जारी चार देशीय टि–२० सिरिजको फाइनलमा नेपाल जीतको मुखमै पुगेर हारेको छ । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि र नन्दन यादवले १० औं नम्बरमा ब्याटिङ गर्दै तुफानी इनिङ खेलेर अन्तिम ओभरमा केवल ५ रन चाहिएको अवस्थामा पुगेको भए पनि नेपाल अन्ततः अलआउट भयो ।

फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।

प्रकाशित : ३० चैत्र २०८१, आइतबार ००:००