१३ जुलाई,२०२६
बेलायत
लिम्बुहरुको महान चाड सिसेक्पा तङ्नाम २०२६ बेलायतको मेडिस्टोन स्थित चुम्लुङदेनमा भब्य रुपले सम्पन्न भएको छ।
हरेक बर्ष जुलाईको दोश्रो साता मनाईने सिसेक्पा तङ्नाम यस बर्ष जुलाई ११ शनिबार को दिन मनाईएको हो।

प्रा.डा. मारोहाङ खवाहाङको प्रमुख आतित्थ्यतामा सम्पन्न सिसेक्पा तङनाम को औपचारिक कार्यक्रम अध्यक्षता कियाचु केन्द्रिय समिति युकेका अध्यक्ष कमला सेन्दाङ ज्युले गर्नुभएको थियो।
महान बिभुतीहरु यलम्बर ,सिरिजङ्गा , इमानसिङ चेम्जोङ , महागुरु फाल्गुनन्द लिङ्देन हरुको तस्बिरमा माल्यार्पण गरी सुभारम्भ भएको कार्यक्रममा येबालाङ, १६ कियाचु शाखा हरुको केलाङ,या:लाङ,माङलाङ केलाङ प्रस्तुत गरिएको थियो।
स्थानिय कलाकारहरुको प्रस्तुती सहित नेपालबाट आमन्त्रित कलाकारहरु गायक राजेन्द्र केरुङ,गायक लक्ष्मण चोङ्बाङ ,गायिका दिपा सुहाङ र रुक्साना लिम्बुको बेजोड प्रस्तुतीले कार्यक्रम अझ रोमान्चक बनेको थियो।

करिब ५ हजार को हाराहारीमा बेलायत का बिभिन्न ठाउँहरुबाट मौलिक गर गहनामा सजिएर आएका थिए। मौलिक गरगहना भेषभुषा,मौलिक खानाको परिकारहरु लगायतको स्टल हरु पनि राखिएको थियो।यस अवसरमा संस्थागत सहयोगी,सहभागी कलाकारहरु लाई सम्मान पत्र समेत प्रदान गरिएको थियो।

औपचारिक कार्यकमको सन्चालन चुम्लुङ महासचिव महेश वनेमले सन्चालन गरेका थिए।
सांस्कृतिक कार्यक्रम संयोजक भक्ति आङदेम्बे ले गरेका थिए भने कार्यक्रम सन्चालन माक्सती ओख्राबो, सकुन नेम्बाङ ले सन्चालन गरेका थिए ।












प्रतिक्रिया