Breaking News Post

बुधबारदेखि सिलिन्डर भरी ग्यास किन्न पाइने


३० असार २०८३, मंगलबार ००:००


३० असार, काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

७.१ केजीको ग्यास सिलिन्डर पूर्ण रुपमा प्रतिस्थापन नहुँदासम्म भने दुबै सिलिण्डरको बिक्री हुने निगमले जनाएको छ ।

प्रकाशित : ३० असार २०८३, मंगलबार ००:००